कृषि, उर्जा र पर्यटनमा १७ प्रतिशत कर्जा, बैंकहरुलाई लक्ष्य भेटाउन गाह्रो

काठमाडौं २७, जेठ । चालू आर्थिक वर्षको नौ महिनासम्म वाणिज्य बैंकहरुको कुल कर्जामध्ये १७.१ प्रतिशतमात्र कृषि, उर्जा र पर्यटनमा लगानी भएको छ । बैंकहरुले ०७६ असारसम्म कृषि, उर्जा र पर्यटनम कुल लगानीको न्यूनतम २५ प्रतिशत लगानी गर्नुपर्छ ।

तर, गत चैतसम्म यो क्षेत्रमा वाणिज्य बैंकहरुले ४ खर्व १७ अर्ब ८६ करोड रुपैयाँ कर्जा प्रवाह भएको छ । यो सोही अवधिमा बैंकले प्रवाह गरेको कुल कर्जाको १७.१ प्रतिशत हो ।

राष्ट्र बैंकको निर्देशन अनुसार वाणिज्य बैंकले आफ्नो कुल कर्जाको कृषि क्षेत्रमा न्यूनतम १० प्रतिशत र उर्जा तथा पर्यटन क्षेत्रमा न्यूनतम १५ प्रतिशत कर्जा प्रवाह गर्नुपर्ने व्यवस्था छ ।

चैतसम्मको तथ्यांक हेर्दा चालू आर्थिक वर्षको तीन महिनामा नियामक निकायले दिएको लक्ष्य भेटाउन मुस्किल रहेको बैंकहरुले जनाएका छन् ।
यस्तै, गत चैतसम्म वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीले आफ्नो कुल कर्जा सापटको न्यूनतम ५ प्रतिशत अनिवार्य रुपमा विपन्न वर्गमा प्रवाह गर्नुपर्ने व्यवस्था छ ।

जस अनुरुप २०७५ चैतसम्ममा वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीले प्रवाह गरेको यस्तो कर्जा कुल कर्जाको ६ प्रतिशत रहेको छ ।
प्राथमिकता प्राप्त क्षेत्रतर्फ कर्जा लगानी प्रवद्र्धन गर्न तथा निर्यात विस्तारमा समेत सहयोग पु¥याउने उद्देश्यले राष्ट्र बैंकबाट सहुलियत दरमा प्रदान गरिने पुनरकर्जाको उपयोग गएको नौ महिनामा बढेको छ । गत चैतसम्म २३ अर्ब ६ करोड पुनर्कर्जा लगानीमा रहेको राष्ट्र बैंकले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here