‘प्रतिनिधि सभा नयाँ सरकार बनाउन सफल भएन, हामीलाई कर्मकाण्ड गर्ने समय छैन’

काठमाडौं, ७ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा नयाँ सरकार बनाउन सफल नभएको दाबी गरेका छन् ।

शुक्रबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रधानमन्त्री ओलीले प्रतिनिधि सभाले सरकार बनाउन असफल भएको बताएका हुन् ।

उनले भने परिस्थितीलाई विश्लेषण गरेर नै संवैधानिक व्यवस्थाको राजनीतिक व्याख्या अनुसार नै विघटन गरेको बताए ।

अदालतको व्यख्या रह्यो, प्रतिनिधी सभा पुनस्स्थापन भयो । अविश्वासको प्रस्ताव ल्याउन बाटो खोलेँ । तर अविश्वासको प्रस्ताव अढाई महिनासम्‍म पनि आएन ।

नयाँ सरकार बनाउन प्रतिनिधि सभा सफल भएन । अथवा प्रतिनिधिसभालाई सफल बनाउन दिइएन उनले भने । सरकारसँग विश्वासको मत लिने समय पनि नभएको बताए ।

‘फेरी जाने ७६ (५) मै हो । हामीले जेठ १५ मा बजेट प्रस्तुत र त्यो भन्दाअघि नीति तथा कार्यक्रम पेश गर्नुपर्ने छ ।

बजेट कसरी तर्जुमा गर्ने ? नयाँ सरकारले कसरी नीति तथा कार्यक्रम तर्जुमा गर्ने ? हामीले विश्वासको मत लिने कर्मकाण्ड गर्ने समयको सुविधा हामीलाई छैन’, ओलीले भने, ‘७६(५) मै जानुपर्ने भएपछि प्रधानमन्त्रीले मार्ग प्रशस्त गर्नु उचित मात्रै होइन, अनिवार्य हो । त्यसैल] वैकल्पिक सरकार निर्माणका लागि आह्वान गरिएको हो । छलेर सरकार बनाउन खोजेको होइन ।’

यो विषयमा बाहिर अनावश्यक हल्ला फैलाइएकोसमेत प्रधानमन्त्रीले प्रष्ट पारे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here