प्रधानमन्त्रीको दावीसहित शीतलनिवासमा ओलीको पत्र

काठमाडौं, ७ जेठ । प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति निवास शीतलनिवासबाट बाहिरिएका छन् ।

ओलीले पनि प्रधानमन्त्रीमा आफ्नो पनि दाबी प्रस्तुत गरेर बाहिरिएका स्रोतले जनाएको छ ।

उनले एमालेका १२१ र जनता समाजवादी पार्टी (जसपा) का १६ सांसदको हस्ताक्षरसहित दाबी पेश गरेका हुन् ।

राष्ट्रपति बिद्यादेवी भण्डारीले संबिधानको धारा ७६ को उपधारा ५ अनुसार सरकार गठनको आह्वान गरेपछि प्रधानमन्त्री नियुक्त गर्न दावीसहित राष्ट्रपति समक्ष पत्र बुझाइएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here