मुद्दती तथा कल निक्षेपमा ६४ करोड ६३ रुपैयाँ लगानी गर्दै राष्ट्र बैंक

काठमाडौं, ९ जेठ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको मुद्दति र कल निक्षेपमा ६४ करोड ६३ लाख ५९ हजार रुपैयाँ लगानी गर्ने भएको छ ।

नेपाल राष्ट्र बैंकले लघुवित्त संस्था सुपरिवेक्षण विभागबाट सञ्चालित विभिन्न आयाेजनाहरूकाे रहेको उक्त रकम मुद्दती तथा कल निक्षेपमा लगानी गर्न लागिएको एक सूचना मार्फत जानकारी दिएकाे छ ।

राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाको मुद्दति तथा कल निक्षेपमा लागानी गरिने उल्लेख छ ।

बैंकले मुद्दति निक्षेपमा ५१ करोड ४४ लाख ६२ हजार ९६० रुपैयाँ र कल निक्षेपमा १३ करोड १८ लाख ९६ हजार ७४० रुपैयाँ लगानी गर्नेछ ।

बैंक तथा वित्तीय संस्थाले आफूले लिन चाहेको रकम तथा उक्त रकमका लागि प्रस्ताव गरिएको ब्याजदर समेत खुलाइ आवेदन दिनुपर्ने केन्द्रीय बैंकले जनाएको छ ।

बैंकले यही जेठ ११ गते बेलुका ४ बजेसम्म वित्त व्यवस्थापन विभागमा आवेदन दिन सूचनामार्फत आग्रह गरेको छ ।

बैंकले त्यसका लागि बैंक तथा वित्तीय संस्था सञ्चालनमा आएको कम्तीमा पनि दुई वर्ष पूरा भएको, बैंकले तोकेको न्यूनतम पुँजी कोष कायम भएको हुनुपर्नेछ ।

त्यस्तै खराब कर्जा कुल कर्जा सापटको ५ प्रतिशत वा सोभन्दा बढी नरहेको, कर्जा स्वदेशी निक्षेप र प्राथमिक पुँजी अनुपात बैंकले समय समयमा निर्धारण गरेको सीमा क्षेत्रभित्र रहेको र अघिल्लो आर्थिक वर्षमा बैंक मुनाफामा रहेको हुनुपर्ने लगायतको सर्त राखेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here