कारोबारको दुईघण्टा: तीन कम्पनीको शेयर मूल्यमा पोजेटिभ सर्किट, कारोबार ७ अर्ब नजिक

काठमाडौं, १० जेठ । साताको कारोबारको दोस्रोदिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) दुईघण्टा १ बजेसम्ममा १८.९८ अंकले बढेको छ । यो सँगै परिसूचक २८३८.९८ को बिन्दुमा पुगेको छ ।

सोमबार कारोबारमा आएका २११ कम्पनीको १ करोड, ४५ लाख ५७ हजार ९३१ कित्ता शेयर ७२ हजार ९३४ पटक खरिद बिक्री हुदाँ ६ अर्ब ९४ करोड ६७ लाख १६ हजार४४ रुपैंया बराबरको कारोबार भएको छ ।

कारोबारमा आएका ३ कम्पनीको शेयर मूल्य पोजेटिभ सर्किट लेभलमा बढेको छ । बरुण जलविद्युत ९.९५ प्रतिशत बढेको छ । माउण्टेन जलविद्युत ९.८७ प्रतिशतले बढेको छ । ग्रीन विकास बैक ९.८२ प्रतिशतले बढेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here