दुई अर्बको नागरिक बचतपत्र बिक्री खुला, ब्याज कति ?

काठमाडौं, ११ जेठ । नेपाल राष्ट्र बैंकले मंगलबारबाट दुई अर्ब रूपैयाँ बराबरको ‘नागरिक बचत पत्र २०८३’ बिक्री खुला गरेको छ ।

केन्द्रीय बैंकले वार्षिक ९ प्रतिशत ब्याज दिने गरी उक्त बचतपत्र बिक्री खुला गरेको हो । ब्याजमा कर लाग्ने बैंकले जनाएको छ । ब्याजको भुक्तानी ६/६ महिनामा हुने र बचतपत्र ५ वर्षे अवधिको हुनेछ ।

घटीमा १० हजार र बढीमा कूल निष्कासित रकमको सीमामा नबढाई १० हजार रूपैयाँले भाग गर्दा निशेष भाग जाने अङ्कमा खरिद गर्न पाउने सीमा निर्धारण गरिएको छ।

बैंकका अनुसार उक्त बचतपत्र नेपाली नागरिकले मात्र खरिद गर्न पाउनेछन्। सो बचतपत्र धितो राखी बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिन वा दिन सकिनेछ।

उक्त बचतपत्र जेठ ११ देखि असार फागुनसम्म बिक्री गरिने उक्त बचतपत्रको अन्तिम निष्काशन मिति भने असार ६ तोकिएको छ।

बैंकले ६ असार २०८३ मा साँवा भुक्तानी हुने मिति तय गरेको छ। बचतपत्र खरिद गर्न चाहनेले नेपाली नागरिकता प्रमाणपत्र, नाबालकको हकमा बचतपत्र खरिद गर्ने भएमा संरक्षको नागरिकता र जन्मदर्ताको प्रतिलिपि तथा दुई प्रति पासपोर्ट साइजको फोटोसमेत पेश गर्नुपर्नेछ।

नेपाल राष्ट्र बैंकका उपत्यकाका बाहिरका कार्यालय, सरकारी ऋणपत्रको प्राथमिक तथा दोस्रो बजार कारोबार गर्न इजाजतपत्र लिएका बजार निर्माताले उक्त बचतपत्रको बिक्री वितरण गर्न पाउनेछन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here