शेयर बजारमा आज कारोबार बन्द हुने

काठमाडौं, १२ जेठ । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन बुद्धजयन्ती पर्व मनाइन्छ ।

बुद्धको जन्म, ज्ञान प्राप्ति, महापरिनिर्वाण (मुत्यु) वैशाख शुक्ल पूर्णिमाकै तिथिमा परेकाले यस दिन नेपाललगायत विश्वका बौद्ध धर्मावलम्बीले बुद्धप्रति भावपूर्ण श्रद्धा र भक्तिले बुद्धजयन्ती मनाउने गर्दछन् ।

जेठ १२ गते बुधबार नेपाल स्टक एक्सचेन्ज नेप्सेमा शेयर कारोबार बन्द रहने भएको छ । बुद्ध जयन्तीको सार्वजनिक विदा परेकोले शेयर कारोबार नहुने भएको हो ।

यस संगै यो साता ४ दिन मात्र शेयर कारोबार हुने छ ।

मंगलबार राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई शेयर बजारमा लगानी गर्न कडाई गरेको छ भने लघुवित्त शेयर खरिदमा रोक लगाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here