अर्घाखाँची सिमेन्टले सियारी गाउँपालिकामा बनाइदियो सुविधा सम्पन्न स्वास्थ्य चौकी

काठमाडौं, १३ जेठ । अर्घाखाँची सिमेन्ट प्राइभेट लिमिटेडले रुपन्देहीको सियारी गाँउपालिका वडा नं–२ मैनहियामा स्वास्थ्य चौकि बनाइदिएको छ ।

नवनिर्मित मैनहिया स्वास्थ्य चौकी भवनको लुम्बिनी प्रदेशका स्वास्थ्य तथा जनसंख्या मन्त्री भोजप्रसाद श्रेष्ठ र अर्घाखाँची सिमेन्टका निर्देशक राजेशकुमार अग्रवालले बुधबार उद्घाटन गरे ।

कम्पनीले स्वास्थ्य सामग्रीसहित भवन निर्माण गरेर हस्तान्तरण गरेको हो । उसले करीब रु. ७० लाखको लागतमा सो भवन निर्माण गरेको बताएको छ ।

उद्घाटन कार्यक्रममा बोल्दै अग्रवालले मैनहियाका मानिसहरुलाई स्वास्थ्य सेवा लिन टाढा जानु पर्ने अवस्था रहेकोमा नयाँ भवनले सुविधा दिने बताए । उनका अनुसार कम्पनीले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सो भवन निर्माण गरेको हो ।

मन्त्री श्रेष्ठले कोभिड–१९ को नियन्त्रण र मैनहियाका जनताको हितका लागि स्वास्थ्य चौकीलाई व्यवस्थित गरिने बताए ।

उक्त स्वास्थ्य चौकीमा ब्लड प्रेसर मापन गर्ने, एक्स रे लिने र चिकित्सक द्धारा परमर्श लिने जस्ता सुविधा छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here