प्रतिनिधिसभा विघटनको मुद्दा संवैधानिक इजलासमा

काठमाडौं, १३ जेठ । प्रतिनिधिसभा विघटनको मुद्दा संवैधानिक इजलासमा पठाइएको छ । बिहीबार सबै रिटको प्रारम्भिक सुनुवाइ गर्दै प्रधानन्यायाधीश राणाले यस्तो आदेश दिएका हुन्।

संवैधानिक इजलासमा यसअघि नै ११ वटा रिट दर्ता छन् । शुक्रबार यसै सम्बन्धी अन्य रिट निवेदन संवैधानिक इजलासमा रहेकाले सबै मुद्दा एकै ठाउँमा राखेर सुनुवाइ गर्ने भन्दै प्रधानन्यायाधीशको इजलासले संवैधानिक इजलासमा पठाएको हो।

बिहीवार भएको सुनुवाइमा बरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी लगायतले अन्तरिम आदेश मार्फत प्रतिनिधि सभाको विघटन रोक्न माग गरेका थिए ।

प्रतिनिधि सभा पुनःस्थापना गरेर मात्र बजेट ल्याउन उनीहरुले माग गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here