वर्षायाममा मोटरसाइकल वा स्कुटर चलाउदै हुनुहुन्छ ? यसरी बच्न सकिन्छ दुर्घटनाबाट

काठमाडौं, । वर्षायाम लागेसँगै पर्ने पानीको कारण हाम्रो सडकको अवस्था दयनिय हुन्छ ।

सडकको समयमा मर्मत सम्भार नहुँदा खाल्डोमा पानी जम्ने, हिलो हुने भएकाले सवारी चलाउन कठिन हुन्छ । त्यसैमाथि दुईपाङ्ग्रे सवारी मोटरसाइकल चलाउन अझै गाह्रो हुन्छ ।

यसै पनि पानी परेको समयमा मोटरसाइकल चलाउन धेरै गाह्रो हुन्छ । पानी परेको अवस्थामा सडक चिप्लो हुने कारणले पनि सडक दुर्घटनको जोखिम पनि बढी हुन्छ ।

त्यसैले यस्तो अवस्थामा मोटरसाइकल वा स्कुटर चलाउँदा केहि सामान्य कुराहरुको मात्रै जानकारी भएमा पनि ठुलो दुर्घटनाबाट बच्न सकिन्छ ।

वर्षातको समयमा निम्न कुराहरुकमा ध्यान दिएर मोटरसाइकल वा स्कुटर चलाएमा दुर्घटनाबाट बच्न सकिन्छ

१. टायरको पकडको बारेमा ध्यान दिनुहोस्

वर्षातको समयमा हुने सडक दुर्घटनाको सबैभन्दा ठुलो कारण टायर हुने गर्दछ । यदि तपाईंको बाइकको टायर पुरानो भएको छ भने तुरुन्त परिवर्तन गर्नुहोस् ।

पुरानो टायरको ग्रिप कम हुने गर्छ । त्यसकारण मोटरसाइकलको सन्तुलन बिग्रन गई दुर्घटना हुन सक्छ ।

२. मोटरसाइकलको ब्रेकमा विशेष ध्यान दिनुपर्दछ

पानी परिरहेको समयमा कुन बेला बाइक वा गाडीको ब्रेकले काम गर्दैन भन्ने कुरा स्वयम ड्राईभरलाई पनि थाहा हुँदैन् ।

पानी परेको समयमा प्राय सडक बिग्रेको हुने हुनाले ब्रेकको महत्व धेरै हुने गर्छ । धेरै ठाउँहरुमा पानीको कारण खाल्डो पनि परेका हुन्छन् त्यसकारण यस्तो अवस्थामा एक्कासी ब्रेक लगाउन पर्ने हुन सक्छ । त्यसकारण पनि ब्रेक राम्रो हुनुपर्दछ ।

३. बाइक चलाउनुभन्दा पहिले एकपटक चेक गर्ने

पानी परिरहेको समयमा बाहिर निस्कदै हुनुहुछ भने आफूले प्रयोग गर्ने बाइकको अवस्था कस्तो छ भन्ने बारेमा ध्यान दिनुपर्दछ ।

खासगरी ब्रेक, बेट्री र ईलेक्ट्रोनिक्स पाट्र्सहरुको अवस्था कस्तो छ त्यसमा ध्यान दिनुपर्छ ।

४. राम्रो गुणस्तरको हेल्मेट प्रयोग गर्ने

यदि तपाईं पानी परेको समयमा बाइक चलाउदै हुनुहुन्छ भने यस्तो अवस्थामा राम्रो गुणस्तरको हेल्मेट लगाउनु पर्दछ ।

पानी परेको समयमा प्राय हुस्सु पनि लाग्ने भएको कारण हुस्सले असर नगर्ने सिसा भएको हेल्मेटको प्रयोग गर्नुपर्दछ । यस्तो हेल्मेट लगाउँदा हुस्सु लागेको अवस्थामा पनि अगाडीको बाटो प्रष्ट रुपमा देख्न सकिन्छ ।

५. कम स्पिडमा चलाउनुहोस्

पानी परेका अवस्थामा दुर्घटनाबाट बच्ने सबैभन्दा राम्रो उपाय सवारी साधन कम स्पिडमा चलाउनु हो । यस समयमा बाइक र गाडीको स्पिडमा ध्यान दिनुपर्दछ ।

यस्तो अवस्थामा तुरुन्त ब्रेक लगाउँदा मोटरसाइकल वा स्कुटरको सन्तुलन बिग्रिएर दुर्घटना हुन सक्ने खतरा हुने हुनाले पानी परेको अवस्थामा सवारी साधन एकैनाशको स्पिडमा चलाउनु पर्दछ ।

६. चम्किलो रंगको रेनकोट प्रयोग गर्नुहोस्

यदी तपाईं पानी परिरहेको अवस्थामा बाइक चलाईरहनु भएको छ भने थोरै मात्रामा लाईट रिफ्लेक्टर भएको रेनकोटको प्रयोग गर्नु राम्रो हुन्छ ।

यस्तो प्रकारको रेनकोट लगाएमा अगाडि वा पछाडिबाट आएका अन्य सवारी साधनका ड्राईभरहरुले पनि तपाईंलाई राम्रोसँग देख्न सक्छन् ।

ठुलो पानी परेको समयमा आफुलाई सुरक्षित राख्ने यो सबैभन्दा राम्रो बिकल्प हो । यस्तो र्याङकोट बजारमा पाईन्छ ।

(एजेन्सीको सहयोगमा)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here