चीनसहित चार देशमा नियमित उडान हुने

काठमाडौं १४ जेठ । सरकारले नेपालबाट चार मुलुकका लागि नियमित उडान खुला गरेको छ ।

यही जेठ १८ गतेदेखि चीनसहित ३ देशमा नियमित अन्तर्राष्ट्रिय उडान खोल्न लागेको हो । भारतमा भने साताको दुई उडान भइरहेको छ ।

बिहीबार बसेको मन्त्रीपरिषद् बैठकले जेठ १८ गतेदेखि चीन, कतार र टर्कीका लागि नियमित उडान खोल्ने निर्णय गरेको हो ।

अब यी तीनै देशमा सातामा एक/एक वटा नियमित उडान हुनेछ । यी गन्तब्यमा आएका मानिसको साथमा पीसीआर नेगेटिभ भएको रिर्पोट भने हुनुपर्नेछ ।

खोपको मात्रा पुरा गरेका यात्रु होम आइसोलेसनमा बस्न सक्नेछन् । अन्य यात्रुको हकमा भने अनिवार्य होटेल क्वारेन्टिनको व्यवस्था गरिएको छ ।

कोरोना भाइरसको महामारी नियन्त्रण गर्न घोषित निषेधाज्ञाका बीच पछिल्लो एक महिनादेखि नेपालमा आन्तरिक तथा बाहृय दुबै हवाई उडान बन्द छ ।

सरकारले वैशाख २३ गतेदेखि भारत बाहेक अन्य देशमा हुने अन्तर्राष्ट्रिय उडानमा रोक लगाएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here