फोन पे मा मर्चेन्टको संख्या १० हजार नाघ्यो

काठमाडौं, २७ जेठ । फोन–पे प्रा.ली. दश हजार मर्चेन्ट बनाउन सफल भएको छ । फोन पे मा १४ प्रकारका मर्चेन्टमा मासिक ५० पचास हजार भन्दा धेरै कारोबार हुने गरेको कम्पनीले बताएको छ ।

फोन पे बैंकिङ र मर्चेन्ट विस्तारकोे हिसाबले नेपालका सात वटै प्रदेशमा पुगिसेकको छ जसमध्ये ६० प्रतिशत मर्चेन्ट प्रदेश नं. ३ मा रहेका छन् भने बाँकी ४० प्रतिशत मर्चेन्ट अन्य प्रदेशमा फैलिएका छन् ।

फोनपे नेटवर्कले ५० भन्दा बढी बैंक तथा वित्तीय संस्थालाई आबद्ध गरेको छ । जहाँबाट नेपालभरका ७० लाख भन्दा बढी मोबाइल बैंकिङ प्रयोगकर्तालाई आफ्नो सेवा प्रदान गरिरहेको छ ।

फोनपे एउटा भुक्तानी प्रक्रिया नेटवर्क हो जसले ग्राहक, बैंक तथा वित्तीय संस्था, मर्चेन्ट, तथा सरकारलाई एक इन्टरनेट नेटवर्कमा जोड्छ । फोनपे नेटवर्कले भुक्तानी गर्न सजिलो, सुरक्षित र सबैको पहुचमा पुर्याएर मोबाइल बैंकिङलाई दैनिक गरिने आर्थिक क्रियाकलापमा अझ सक्षम र सजिलो बनाएको कम्पनीको दाबी छ ।

फोनपेबाट धेरै गरिने आर्थिक क्रियाकलापमा सपिङ, यात्रामा गरिने खर्च, व्यवसायिक भुक्तानी आदि पर्छन् । धेरै व्यवसायहरूमा इसेवा वा फोनपे बाट पैसा भुक्तानी गर्दा छुट पाइने अफरहरू पनि रहेका छन् । कारोबार वृद्धि गराउनका लागि हरेक महिना करीब २० मर्चेन्टमा विभिन्न छुट तथा नगद फिर्ता अफरहरु सञ्चालन भइरहेका छन् ।
फोनपे एफवान सफ्ट इन्टरनेशनलकोे सहायक कम्पनी हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here