सुनकोशी–मरिनलाई साढे दुई अर्ब, कालीगण्डकी तिनाउको ढाँचा निर्माण गरिने

काठमाडौं, १५ जेठ । प्रदेश २ को कृषि उत्पादन बढाउन आगामी ४ वर्षमा सुनकोशी मरीन पथान्तरण आयोजना निर्माण गरिने भएको छ ।

आगामी आर्थिक वर्ष २०७८।७९ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले १ लाख २२ हजार हेक्टरमा सिंचाइ गर्ने सुनकोशी मरिन नदी पथान्तरण आयोजनालाई अघि बढाउन मुल र शाखा नहर निर्माण गरिने बताएका हुन् ।

त्यसका लागि रु. २ अर्ब ४६ करोड बजेट विनियोजना गरिएको छ ।
त्यसैगरी कालीगण्डकी तिनाउ नदी पथान्तरणको ढाँचा निर्माण गरिने भएको छ ।

माडी दाङ र पश्चिम सेती नदी पथान्तरणले पनि बजेटमा ठाउँ पाएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here