काठमाडौं, १५ जेठ । सरकारले आगामी तीन वर्षभित्र याङग्री र लार्के नदीको पानी काठमाडौं ल्याउने योजना अघि सारेको छ । आगामी आर्थिक वर्ष २०७८/ ७९ को बजेटमार्फत सरकारले यस्तो व्यवस्था गरेको हो ।
आगामी आर्थिक वर्षको बजेट मार्फत अर्थमन्त्री विष्णु पौडेलले आगामी तीन वर्षभित्र याङग्री र लार्के नदिको ३४ करोड लिटर पानी दैनिक काठमाडौं आउने गरि कार्यक्रम तय गरिएको बताएका हुन् ।
त्यसका लागि ३ अर्ब ५१ करोड रुपैयाँ बजेट पनि विनियोजन गरिएको छ । सो आयोजनाको सुरुङ मार्ग निर्माणको काम आगामी आर्थिक वर्षभित्रै आरम्भ गरिनेछ ।
त्यस्तै, सरकारले उपत्यकाको एक लाख १० हजार घर धुरीमा मेलम्चीको पानी वितरण गर्ने योजना पनि बजेटमा समावेश गरेको छ ।