विमानस्थल निर्माणका लागी २० अर्ब ३१ करोड रुपैयाँ

सरकारले आगामी आवमा विमानस्थल निर्माणका लागी कुल २० अर्ब ३१ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।

चार अन्तराष्ट्रिय विमानस्थल तथा अन्य आन्तरिक विमानस्थल निर्माणका लागी सो रकम विनियोजन गरेको आगामी आर्थिक वर्ष २०७८।७९ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बताए । जसमा पोखरा क्षेत्रिय अन्तराष्ट्रिय विमानस्थल निर्माणार्थ साढे ८ अर्ब रुपैयाँ विनियोजन गरेको छ । जुन रकम सबैभन्दा बढी हो ।

आगामी आवमा सरकारले आन्तरिक विमानस्थलहरुको पूर्वाधार निर्माणमा १ अर्ब ३३ करोड विनियोजन गरेको छ ।

त्यसैगरी सरकारले त्रिभुवन विमानस्थललाई बुटिक विमानस्थल बनाउन, ट्याक्सी वे विस्तार र टर्मिनल भवन बनाउन ६ अर्ब ९५ करोड विनियोजन गरेको छ ।

सरकारले भैरहवास्थित गौतमबुद्ध विमानस्थलको थप काम र दोसो टर्मिनल बनाउन ३ अर्ब ५३ करोड विनियोजन भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here