काठमाडौं, १६ जेठ । चेल्सीले च्याम्पियन्स लिगको उपाधि जितेको छ।
गएराति भएको फाइनलमा पेप ग्वार्डिओलाको म्यान्चेस्टर सिटीलाई १–० ले हराउँदै चेल्सीले दोस्रोपटक च्याम्पियन्स लिगको उपाधि जितेको हो।
२०१२ पछि चेल्सीलाई युरोपियन च्याम्पियन बनाउन खेलको ४२ औं मिनेटमा काइ हाभट्र्जले गरेको गोल निर्णायक बन्यो।
चेल्सीको च्याम्पियन्स लिगको दोस्रो उपाधि हो। यसअघि सन् २०१२ मा चेल्सीले पहिलो पटक च्याम्पियन्स लिगको उपाधि जितेको थियो। उता पहिलो पटक च्याम्पियन्स लिगको फाइनलमा पुगेको प्रिमियर लिगको च्याम्पियन सिटी उपाधि उचाल्न चुकेको हो।
लिभरपुल र म्यान्चेस्टर युनाइटेडपछि चेल्सी दुई पटक च्याम्पियन्स लिग जित्ने तेस्रो क्लब बनेको छ। सिटी भने पहिलोपटक फाइनलमा पुगेर पराजित भएको छ।




























