एमाले स्थायी कमिटी बैठक मंगलबार बस्नेगरि स्थगित

काठमाडौं, १७ जेठ । नेकपा एमालेको स्थायी कमिटी फेरि स्थगित भएको छ । सोमबार बिहान १० बजेका लागि बोलाइएको बैठक स्थगित भएको हो । आइतबार रोकिएको वैठक सोमबारको लागि सारिएको थियो ।

बैठक मंगलबार बिहान ११ बजेपछि प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने जनाइएको छ ।

यसअघि १० जेठको बैठकले वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपालसहित ११ जनालाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरेको थियो भने घनश्याम भुसालसहित थप १२ जनालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो ।

स्पष्टीकरण सोधिएका नेताहरुलाई कारवाही गर्नेसहितको विषयमा छलफल गर्न बैठक बस्ने तयारी छ । कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन समर्थन रहेको भन्दै हस्ताक्षर गरेका १२ सांसदसँग एमालेले स्पष्टीकरण मागेको थियो ।

घनश्याम भुसाल, सोमप्रसाद पाण्डे, सुरेन्द्र पाण्डे, जीवनराम श्रेष्ठ, कृष्णलाल महर्जन, झपट रावल, भवानीप्रसाद खापुङ, यज्ञ सुनुवार, मेटमणि चौधरी, दीपकप्रकाश भट्ट, विरोध खतिवडा र नारायण खतिवडालाई स्पष्टीकरण सोधिएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here