काठमाडौं, १७ जेठ । लुम्बिनी प्रदेश अन्तर्गत राष्ट्रियसभा सदस्यको रिक्त पदका लागि भएको उपनिर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार उम्मेदवार दिर्घनारायण पाण्डे निर्वाचित भएका छन्।
विपक्षी गठबन्धनबाट उम्मेदवार बनेका पाण्डेले नेकपा एमालेका उम्मेदवार चन्द्रबहादुर खड्कालाई पराजित गरेका हुन्। खड्कालाई ५४६ मतभारले हराएका हुन्। पाण्डेयले ४१४० मत ल्याए भने खड्काले ३५९४ मत पाए।
पाण्डेलाई नेकपा माओवादी केन्द्र, जसपा उपेन्द्र पक्ष, राष्ट्रिय जनमोर्चाको समर्थन थियो। कुल ३ सय मतदाता रहेकोमा २ सय ९७ जनाले मत खसेको थियो।