मदन भण्डारी फाउन्डेसनलाई दिएको ५० लाख फिर्ता लिने वाग्मती प्रदेशको निर्णय

काठमाडौं, १७ जेठ । वाग्मती प्रदेश सरकारले मदन भण्डारी फाउन्डेसनलाई दिएको सहयोग रकम फिर्ता लिने निर्णय गरेको छ।

प्रदेशसभाको आठौँ अधिवेशनलाई सम्बोधन गर्दै डोरमणि पौडेलले फाउन्डेसनलाई दिएको रकम फिर्ता लिने निर्णय भएको जानकारी दिएका हुन्।

प्रदेश सरकारले कार्यविधि, मापदण्ड, कार्यविधि नै नबनाई मदन भण्डारी फाउण्डेसनलाई प्रदेश सरकारले ५० लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको थियो ।

प्रदेशसभाको आठौँ अधिवेशनअन्तर्गत सोमबार बसेको दोस्रो बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री डोरमणि पौडेलले फाउन्डेसनलाई दिएको रकम फिर्ता लिने निर्णय भएको जानकारी दिएका हुन्।

नेकपा ९माओवादी केन्द्र० ले फाउन्डेसनलाई सहयोग गरिएको रकम फिर्ताको माग राख्दै सातौँ अधिवेशनको बैठक अवरुद्ध गरेको थियो। यो अधिवेशनको सुरुवातमै सरकारले रकम फिर्ता लिने निर्णय गरेको हो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here