सरकार र थारूहट संघर्ष समितिबीच ६ बुँदे सहमति

काठमाडौं, १८ जेठ । सरकार र थारू कल्याणकारी सभा, थारूहटरथारूवान संयुक्त संघर्ष समितिबीच ६ बुँदे सहमति भएको छ । मंगलबार सरकार र थारुहट संघर्ष समितिका तर्फबाट विभिन्न ६ बुँदे सहमति भएको हो ।

वर्तामा एसएसपीसहित प्रहरी र एक बालकको समेत ज्यान जानेगरी भएको घटनामा अदालतले दोषी ठहर गरेका चौधरीको रिहाईका लागि सरकार कानुनी पहलका लागि सहमत भएको छ ।

जनता समाजवादी पार्टीको महन्थ ठाकुर समूह सरकारमा जान ठिक्क परिरहँदा पछिल्लो सहमति बनेको हो । ठाकुरले रेशम चौधरीलगायतको रिहाईको मागलाई प्राथमिक मुद्दा बनाउँदै आएका थिए ।

उक्त वार्ता टोलीमा सरकारका तर्फबाट कानूनमन्त्री लिलानाथ श्रेष्ठ, राजन भट्टराई र भगवती चौधरी रहेका छन् भने थारु समितिबाट रुकमिणी चौधरी, प्रमिलाल चौधरी, पद्मनारायण चोधरी, प्रभात चौधरी र चन्द्रप्रसाद चौधरी रहेका छन् ।

सहमतिपत्रमा टिकापुर घटनामा दोषी ठहर भएका रेशम चौधरी, धनीराम चौधरीलगायतको मुद्दा फिर्ताका र रिहाईका लागि संविधान र कानून सम्मत पहल गर्ने, आन्दोलनका क्रममा महिला र असहायमाथि दुव्र्यवहार गर्नेलाई कारबाही गर्न छानिबनि गर्ने, कमैया, कमलरी संघर्ष समितिसँग विगतमा भएका सहमति कार्यान्वयन गर्ने उल्लेख छ ।

६ बुँदे सहमतिमा सरकारका तर्फबाट कानुनमन्त्री तथा वार्ता टोलीका प्रमुख लिलानाथ श्रेष्ठ, प्रधानमन्त्रीका सल्लाकार राजन भट्टराई र एमाले नेता भगवती चौधरीले हस्ताक्षर गरेका छन् ।

थारु कल्याणकारी सभालगायतबाट रुकमिणी चौधरी, प्रेमीलाल चौधरी, पद्मनारायण चौधरी, प्रभात चौधरी र चन्द्रप्रसाद चौधरीले हस्ताक्षर गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here