पार्टीलाई एकताबद्ध राख्न अन्तिमसम्म प्रयास गर्ने एमाले बैठकको निर्णय

काठमाडौं, १८ जेठ । एमाले स्थायी कमिटी बैठकले पार्टीलाई एकताबद्ध राख्न अन्तिम समयसम्म प्रयास गर्ने निर्णय गरेको छ ।

मंगलबार बालुवाटारमा बसेको बैठकले नेतृत्वका तर्फबाट पार्टी एकता निम्ति अन्तिम समयसम्म पनि छलफल जारी राख्ने निर्णय गरेको हो । दुइदिन देखि स्थगित बैठम निर्धारित समयभन्दा ढिलो शुरु भएको थियो ।

माधव नेपाल समूहले आफ्ना पार्टीका नेतालाई सरकारबाट हटाउन र कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन लागि पर्नु दुःखद् भएको निष्कर्ष निकालेको छ ।

आजको बैठकमा बजेटबारे पनि छलफल गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here