महन्थ ठाकुरसहित चार जना नेता जसपाबाट निष्काशित

काठमाडौं,१८ जेठ । जनता समाजवादी पार्टी (जसपा) को संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई, अध्यक्ष उपेन्द्र यादव पक्षले पार्टी अध्यक्ष महन्थ ठाकुरसहित चार नेतालाई पार्टीबाट निष्कासन गरेको छ ।

मंगलबार बसेको जसपा कार्यकारिणी समितिको बैठकले अध्यक्ष महन्थ ठाकुर, राजेन्द्र महतो, लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्लालाई पार्टीवाट निष्काशन गरेको हो ।

उनीहरुलाई कारबाही गरिएको जानकारी निर्वाचन आयोगलाई जानकारी गराइसकेको बताइएको छ ।

अध्यक्ष उपेन्द्र यादवले ठाकुरसहित वरिष्ठ नेता राजेन्द्र महतो, कार्यकारिणी सदस्य लक्ष्मणलाल कर्ण, सर्वेन्द्रनाथ शुक्ललाई २४ घण्टे अल्टिमेटमसहित स्पष्टीकरण दिन जेठ १५ गते पत्र पठाएका थिए ।

तर, तीन दिन बित्दासम्म स्पष्टीकरणको जवाफ नदिएपछि निष्कासन गरेको एक नेताले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here