नागरिकता अध्यादेशविरुद्धको मुद्दा सुनुवाईका लागि संवैधानिक इजलास गठन

काठमाडौं, २१ जेठ । नागरिकता सम्बन्धी अध्यादेशविरूद्ध परेको रिटमाथि सनुवाइ हुँदैछ । सनुवाइको लागि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले संवैधानिक इजलास गठन गरेका छन् ।

राणाले वरिष्ठताका आधारमा संवैधानिक इजलास गठन गरेका हुन् ।

उनले आफूसहित पाँच जना न्यायाधीशको इजलास गठन गरेका छन् । जसमा राणासहित न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडा रहेका छन् ।

वरिष्ठ अधिवक्ता बोर्णबहादुर कार्की, बालकृष्ण न्यौपानले लगायतले सरकारले ल्याएको नागरिकता अध्यादेशविरुद्धमा सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । रिष्ठ पाँचमध्ये विश्वम्भर श्रेष्ठ अहिले आइसोलेसनमा छन्। त्यसपछिका बरिष्ठ खतिवडा हुन्।

नागरिकताजस्तो संवेदनशील र राष्ट्रियतासँग जोडिएको विषयमा अध्यादेश ल्याएको भन्दै अधिवक्ता बोर्णबहादुर कार्की, रामबहादुर शाही लगायतका ६ रिटमाथि आजको संवैधानिक इजलासले सुनुवाइ गर्नेछ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here