कोहलपुर-सुर्खेत प्रसारण लाइनका लागि १३ हजार रूख काट्न अनुमति

काठमाडौं, २१ जेठ । सरकारले कोहलपुर-सुर्खेत प्रसारण लाइनका लागि १३ हजार रूख काट्ने निर्णय गरेको छ ।

शुक्रबार मन्त्रिपरिषदको निर्णय सुनाउन आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले उक्त कुरा बताएका हुन् ।

१३२ केभीए कोहलपुर–सुर्खेत विद्युत् लाइन विस्तारका लागि १३ हजार ५६ वटा रूख अनुमति दिएको हो ।

गत असार २२ गते १३२ केभीए कोहलपुर–सुर्खेत विद्युत् लाइन विस्तारको जिम्मा भारतीय निर्माण कम्पनी ‘आरएस इन्फ्राप्रोजेक्ट प्रालि’ले लिएको छ । उक्त कम्पनीले ७० करोड रुपैयाँमो ठेक्का लिएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here