नागरिकता अध्यादेशसम्बन्धी मुद्दा हेर्दाहेर्दैमा, अर्को सुनुवाई २७ गते

काठमाडौं, २१ जेठ । सरकारले ल्याएको नागरिकता अध्यादेशविरुद्ध सर्वोच्च अदालतमा परेको मुद्धाको सुनुवाई हेर्दाहेर्दैमा राखिएको छ ।

शुक्रबार प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडाको संवैधानिक इजलासमा सुनुवाई नसकिएपछि हेर्दाहेर्दैमा राखिएको हो ।

सर्वोच्च अदालतको संवैधानिक इजलासमा शुक्रबारबाट शुरु भएको मुद्धाको अर्को सुनुवाई अब २७ जेठमा हुनेछ ।

नागरिकता अध्यादेशबिरुद्ध ६ वटा रिट परेका छन् । शुक्रवार चारजना निवेदकका तर्फबाट बहस भएको छ ।

नागरिकता अध्यादेशसम्बन्धी मुद्दाको सुनुवाइका लागी प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जवराले वरिष्ठ न्यायाधीश सम्मिलित इजलास गठन गरेका छन् ।

रिट निवेदकले अध्यादेश संविधानसँग बाझिएको भन्दै खारेज गर्न माग गरेका छन्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here