जसपाको ठाकुर समूह राजेन्द्र महतोको नेतृत्वमा सरकारमा, को-को भए मन्त्री ?

काठमाडौं, २१ जेठ । जनता समाजवादी पार्टी (जसपा)को महन्थ ठाकुर समूह सरकारमा सहभागी हुने भएको छ।

वरिष्ठ नेता राजेन्द्र महतोको नेतृत्वमा सरकारमा जान लागिएको स्रोतले बताएको छ ।

केपी शर्मा ओली सरकारले आफ्ना अधिकांश माग पूरा गरेको भन्दै ठाकुर समूह सरकारमा जान सहमत भएको हो।

महतोले सरकारमा जसपाको नेतृत्व गर्ने भएका छन्। उनले उपप्रधान सहित शहरी विकास मन्त्रीको सपथ लिने तय भएको छ।

शरद सिंह भण्डारी उर्जा, अनिल झा खानेपानी,लक्ष्मणलाल कर्ण भूमिसुधार, विमल श्रीवास्तव श्रम, उमाशंकर अरगरिया युवा तथा खेलकुद, चन्दा चौधरी महिला बालबालिका र एकबाल मिया वनमन्त्री बन्ने तयारी थालेको स्रोतले जनाएको छ ।

जसपाका नेताहरुका अनुसार बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओली र जसपा अध्यक्ष ठाकुरबिच शुक्रवार दिउँसो भएको वार्ता पछि मन्त्रीहरुको नाम टुंगो लागेको हो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here