काठमाडौं, २३ जेठ । पदभार ग्रहण गरेसँगै विवादमा परेका नवनियुक्त उपप्रधान एवं सहरी विकासमन्त्री राजेन्द्र महतोले आफ्नो अभिव्यक्ति सच्चाएका छन् ।
शनिबार राती एक विज्ञप्ति जारी गर्दै महतोले आफ्नो अभिव्यक्तिलाई बंग्याएर गलत प्रचार भएको समेत दावी गरेका हुन् ।
नेपाललाई बहुल राष्ट्रिय राज्य बनाउने आन्दोलनमा आफू लागिरहेको भन्दै अभिव्यक्ति दिएपछि विवादमा तानिएका थिए ।
उनले भनेका छन्, ‘मैले संविधानको धारा ३ मा उल्लेख भएबमोजिम बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक विशेषतायुक्त, भौगोलिक विविधतामा रहेका समान आकांक्षा र नेपालको राष्ट्रिय स्वतन्त्रता, भौगोलिक अखण्डता, राष्ट्रिय हित तथा समृद्धिप्रति आस्थावान रही एकताको सूत्रमा आवद्ध सबै नेपाली जनता समष्टिमा राष्ट्र हो भन्ने विषयलाई आत्मसात गर्दै यो राज्य सबै जातजाति, वर्ग, समूदाय, धर्म, लिंगको साझा राष्ट्र हो भन्ने आशय व्यक्त गरेको हुँ।’
यसअघि महतोले भनेका थिए, ‘नेपाल त बहुल राष्ट्रिय राज्य छँदैन हो नि ।’ नेपाल विभिन्न जातीय, वर्ग समुदायको विविधता भरिएको भन्दै उनले भने, ‘बहुलता भनेको त्यही हो, त्यसैले बहुल राष्ट्रिय राज्य भनेको हो ।

























