गण्डकीका जनमोर्चा सांसद कृष्ण थापालाई पुनर्वहाली गर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं, २३ जेठ । सर्वोच्च अदालतले गण्डकी प्रदेश सभा सदस्यबाट राष्ट्रिय जनमोर्चाका सांसद कृष्ण थापालाई पुनर्वहाली गर्न अन्तरिम आदेश दिएको छ।

आइतबार कुमार चुडालको एकल इजलासले उक्त आदेश दिएको हो। राष्ट्रिय जनमोर्चाले उनलाई कारबाही गर्दै प्रदेश सभा सदस्य पदसमेत नरहेपछि उनी सर्वोच्च अदालत पुगेका थिए ।

अदालतले आदेशमा भनेको छ, “निजको सांसद पद नरहेमा निजको काम कर्तव्य र अधिकारमा तत्काल पुग्न सक्ने अपुरणीय क्षतिसमेतको दृष्टिकोणबाट प्रस्तुत निवेदनको अन्तिम टुंगो नलागेसम्म निजको गण्डकी प्रदेश सभा सदस्यको पद रिक्त गर्ने गरी भएका सम्पूर्ण निर्णयहरु तथा सो सम्बन्धी पत्राचार, सूचना, जानकारीसमेत कार्यान्वयन नगर्नु, नगराउनू, निज निवेदकलाई प्रदेश सभा बैठकमा नियमितरुपमा भाग लिन र सो हैसियतमा मतदान गर्ने, मत प्रकट गर्ने कार्यमा वञ्चित नगर्नु, नगराउनू ।”

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here