प्रधानमन्त्री ओलीको ६ बुँदे प्रस्तावमा लिखित जवाफ दिने नेपाल समूहको निर्णय

काठमाडौं, २४ जेठ । नेकपा एमालेको माधवकुमार नेपाल समूहले पार्टी अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गरेको प्रस्तावको लिखित जवाफ दिने निर्णय गरेको छ ।

सोमबार बसेको माधव समुहका नेताहरुको बैठकले सो निर्णय गरेको हो ।

एमाले एकताका लागि भन्दै ओलीले आइतबार साँझ ६ बुँदे प्रस्ताव जारी गरेका थिए। जसमा नेपाल पक्षले राखेका माग मान्न तयार रहेको जनाएका थिए।

अध्यक्ष ओलीको प्रस्तावको हरेक बुँदाको जवाफ दिने गरी तयारी गरेको नेता बेदुराम भुसालले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here