७०० दुग्ध कृषकलाई २२ लाख रूपैयाँ अनुदान

काठमाडाैं, २९ जेठ । बढैयाताल गाउँपालिकाअन्तर्गतका सात सय पशुपालक किसानलाई रु २१ लाख ७७ हजार ७ सय ९८ अनुदान वितरण गरिएको छ ।

भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, पशुपक्षी तथा मत्स्य विकास निर्देशानलय प्रदेश नम्बर ५ को आर्थिक सहयोग तथा भगवती दुग्ध उत्पादक सहकारी संस्थाको आयोजनामा अनुदान वितरण गरिएको सहकारीका व्यवस्थापक हरि सुवेदीले बताए ।

चालु आव २०७५/०७६ मा सहकारी संस्थामा दूध बिक्री गर्ने किसानलाई प्रति लिटर रु एक पैसा ९२ का दरले अनुदान सहयोग प्रदान गरिएको सुवेदीको भनाइ छ । किसानले न्यूनतम रु तीन हजारदेखि एक लाखसम्म नगद अनुदान सहयोग पाएका छन् ।

विपद् पूर्वतयारी तथा प्रतिकार्ययोजना अनुमोदन

मनसुन तथा विपद् पूर्वतयारी एवं प्रतिकार्ययोजना २०७६ अद्यावधिक भएको छ ।

प्रमुख जिल्ला अधिकारी जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष रामबहादुर कुरुम्बाङ्गको अध्यक्षतामा जिल्ला विपद् व्यवस्थापन समिति बर्दियाको मङ्गलबारको बैठकले विपद् पूर्वतयारी तथा प्रतिकार्ययोजना २०६८को नवौँ अद्यावधिक २०७६ का लागि नौ विषयगत क्षेत्रले तयार पारेको रणनीतिक योजनालाई अनुमोदन गरेको हो । (रासस)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here