जीवनमा सफल हुनको लागि के आवश्यक ? प्रतिभा वा कठिन परिश्रम

धेरै मानिसहरुले सोच्ने गर्छन कि कुनै प्रतिभा भए मात्र जीवनमा सफलता मिल्छ तर, खासमा यस्तो हुँदैन । जो कोहि मानिस आफूमा भएको प्रतिभाको कारणले मात्रै पनि सफल हुन सक्दैनन् ।

धेरै पटक प्रतिभाशाली मानिसहरुमा आत्मविश्वास बढी भएको कारणले आफ्नो लक्ष्यमा धेरै ध्यान दिदैनन् र कठिन परिश्रम गर्न छोड्दिन्छन् । यस्तो बानीले उनीहरु असफल पनि हुन सक्छन् ।

जिन्दगीमा सफल हुनाको लागि कठिन परिश्रम गर्न धेरै नै आवश्यक हुन्छ । यदि तपाईंमा अरुमा जस्तो धेरै प्रतिभा छैन वा तर तपाईं निरन्तर कडा परिश्रम गर्नुहुन्छ भने जीवनमा पक्कै सफलता प्राप्त गर्न सक्नुहुन्छ ।

यदी तपाईलाई लाग्छ कि प्रतिभा बिना तपाई केही गर्न सक्नुहुन्न भने तपाई गलत हुनुहुन्छ । किनकी कठिन परिश्रम भन्दा अरु केही ठुलो हुदैन ।

जान्नुहोस् ट्यालेन्ट वा कठिन परिश्रममा कुन धेरै आवश्यक हुन्छः

प्रतिभा मात्रै काफी हुदैन

हुन सक्छ तपाई धेरै प्रतिभाशाली हुनुहुन्छ तर बिना कठिन परिश्रम तपाई आफ्नो जीवनमा अगाडी बढ्न सक्नुहुन्न । उदाहरणका लागि तपाईको आवाज राम्रो छ तर अभ्यास नगरेसम्म तपाईको आवाजमा मिठास आउदैन ।

प्रतिभा भएकै कारण तपाई सफलताको शुरुवात गर्न त सक्नु हुन्छ तर बिना कठिन परिश्रम तपाई जीवनमा अगाडी बढ्न सक्नुहुदैन ।

कठिन परिश्रमले मात्र अगाडि बढ्न सकिन्छ

जीवनमा अगाडि बढ्नका लागि कठिन परिश्रम आवश्यक हुन्छ । यदी तपाई प्रतिभाशाली हुनुहुदैन तर कठिन परिश्रमी हुनुहुन्छ भने पनि जीवनमा अगाडी बढ्न सक्नुहुन्छ । यसले तपाईको जीवनमा केही राम्रो गर्न मद्दत गर्छ ।

कठिन परिश्रमले हार्न दिँदैन

कहिलेकाही लाग्छ कुनै काममा सफलता पाउन कठिन परिश्रम मात्रै काफी हुँदैन । तर, यसको मतलव यो हैन कि त्यसको परिणाम तपाईंले पाउनुहुन्न । समयसँगै तपार्इंले आफ्नो कठिन परिश्रमको परिणाम पाउनुहुन्छ ।

प्रतिभाशाली मानिसमा ओभर कन्फिडेन्स हुन्छ

धेरै पटक प्रतिभाशाली मानिसहरु सोच्ने गर्छन की उनीहरुको प्रतिभाको कारणले गर्दा जीवनमा दुख गर्ने आवश्यकता नै पर्दैन । उनीहरु ओभर कन्फिडेन्स हुन्छन् ।

उनीहरुमा आफ्नो प्रतिभाको घमण्ड हुन सक्छ । तर, प्रतिभाशाली भएर पनि कडा परिश्रम नगर्दा कहिलेकाँही प्रतिभाशाली मानिसहरु पनि पछारिन सक्छन् ।

कडा परिश्रम सबैले गर्न सक्छन् । कोहि मानिसहरु प्रतिभाको कारणले गर्दा जीवनमा अगाडी बढ्छन् भने कोहि कठिन परिश्रमको कारणले अगाडि बढ्छन् ।

हरेक मानिस प्रतिभाशाली नभएपनि लगातारको कठिन परिश्रम र मेहनतले उनीहरु अगाडि बढ्न सक्छन् । त्यस्तैले प्रतिभा सबैसँग नभएपनि कठिन परीश्रम गर्ने क्षमता छ भने जीवनमा अगाडी बढ्न सजिलो हुन्छ ।

एजेन्सीको सहयोगमा

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here