थप ३७४९ जनामा कोरोना संक्रमण पुष्टी, ५२९३ जना संक्रमण मुक्त

काठमाडौं, २७ जेठ । पछिल्लो २४ घण्टामा देशभर ३७४९ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा भएको परीक्षणमा ९९०१ नमुनाको पीसीआर परीक्षणमा २८७४ र ५ ३३७ जनाको एन्टिजेन परीक्षणमा ८७५ जना गरी ३७४९ जनामा संक्रमण पुष्टि भएको हो ।

यो सहित नेपालमा कोरोना संक्रमितको संख्या ६ लाख १ हजार ६८७ पुगेको छ । पछिल्लो २४ घण्टामा ५२९३ जना कोरोना मुक्त भएका छन् ।

यो सहित संक्रमण मुक्त हुनेको संख्या ५ लाख १५ हजार ५९१ जना पुगेको छ । भने देशभर संक्रिय संक्रमितको संख्या ७७ हजार ८५८ जना रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here