काठमाडौं महानगरमा सञ्चालन भइरहेको खोप अभियान स्थगित

काठमाडौं, २८ जेठ । काठमाडौं महानगरपालिकामा कोभिड–१९ विरुद्धको खोप अभियान रोकिएको छ । काठमाडौं महानगरपालिकाले एक सूचना जारी गर्दै खोप अभियान स्थगित जानकारी गराएको हो ।

स्वास्थ्य मन्त्रालयले खोप नदिने भएपछि काठमाडौं महानगरपालिकाको ३२ वटा वडामा सञ्चालन भइरहेको कोभिड खोप अभियान स्थगित गरेको जनाएको छ ।

तीन दिनदेखि सञ्चालन भइरहेको खोप अभियानमा ६० देखि ६४ बर्षका करिब २८ हजारले खोप लगाएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here