भित्रियो यो वर्षको मनसुन, सतर्क रहन महाशाखाको अपिल

काठमाडौं, २९ जेठ । नेपालमा यो वर्षको मनसुन भित्रिएको छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाले शुक्रबार बिहान नेपालको पूर्वी भेग हुँदै मनसुन भित्रिएको जनाएको छ ।

मनसुन भित्रिएसँगै मुलुकका विभिन्न स्थानमा वर्षा भइरहेको छ । मनसुनका कारण प्रदेश १, वाग्मती प्रदेशदेखि कर्णाली प्रदेशसम्मका पहाडी भेगमा ठूलो वर्षाको सम्भावना रहेको उनले जनाएका छन् ।

महाशाखाका अनुसार अहिले देशको पूर्वी र मध्यभूभागमा उत्तर पश्चिम बंगालको खाडी र आसपास बनेको न्यून चापीय क्षेत्रको प्रभाव तथा पश्चिमी भूभागमा पश्चिमी वायु र स्थानीय वायुको मिश्रित प्रभाव रहेको छ ।

विभिन्न नदीहरूमा बहाव बढ्न सक्ने भन्दै सर्तकता अपनाउन मौसम विभाग अन्तर्गत बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।

महाशाखाका अनुसार, शनिवार प्रदेश १, बाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी तथा मध्यपहाडी भूभाग भई बग्ने केही ससाना सहायक नदीहरूमा क्षणिक मध्यम वर्षा भई बहाव बढ्ने छ ।

यस्तै केही साना नदीमा समेत आकस्मिक बहाव बढ्न सक्ने भन्दै सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान

२०७८ जेठ २९ गते (शनिबार)

दिउँसो: देशभर सामान्य देखि पूर्ण बदली रहनेछ । देशका धेरै स्थानहरुमा मेघगर्जन/चट्टयाङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका थोरै स्थानहरुमा भारी बर्षाको समेत सम्भावना छ ।

साँझ: देशभर सामान्य देखि पूर्ण बदली रहनेछ । देशका धेरै स्थानहरुमा मेघगर्जन/चट्टयाङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १ ,गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानमा भारि बर्षाको पनि संभावना रहेको छ।

२०७८ जेठ ३० गते (आइतवार)

दिउँसो: देशभर सामान्य देखि पूर्ण बदली रहनेछ । देशका धेरै स्थानहरुमा मेघगर्जन/चट्टयाङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, बाग्मती प्रदेश,गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा भारी बर्षाको समेत सम्भावना छ ।

साँझ: देशभर सामान्य देखि पूर्ण बदली रहनेछ । देशका धेरै स्थानहरुमा मेघगर्जन/चट्टयाङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, प्रदेश २, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका थोरै स्थानहरुमा भारी बर्षाको समेत सम्भावना छ ।

२०७८ जेठ ३१ गते (सोमवार)

दिउँसो: देशभर सामान्य देखि पूर्ण बदली रहनेछ । देशका धेरै स्थानहरुमा मेघगर्जन/चट्टयाङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश नं १, प्रदेश नं २, बाग्मती प्रदेश,गण्डकी प्रदेश ,लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका थोरै स्थानहरुमा भारी बर्षाको समेत सम्भावना छ ।

साँझ: देशभर सामान्य देखि पूर्ण बदली रहनेछ । देशका धेरै स्थानहरुमा मेघगर्जन/चट्टयाङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश नं १, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेश केही स्थानहरुमा र प्रदेश २, बाग्मती प्रदेश र सुदुरपश्चिम प्रदेशका थोरै स्थानहरुमा भारी बर्षाको समेत सम्भावना छ ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श (Warning/Advisory for next 24 hours)

देशका धेरै स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा तथा गण्डकी प्रदेश, लुम्विनी प्रदेश र कर्णाली प्रदेशका थोरै स्थानहरुमा भारी बर्षाको समेत सम्भावना देखिएकोले आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here