उच्च शिक्षा सुधारका लागि नेपाललाई विश्व बैंकले ६ करोड डलर सहयोग गर्ने

काठमाडौं, २९ जेठ । विश्व बैंकले नेपालको उच्च शिक्षाको गुणस्तर सुधारका लागि ६ करोड डलर सहयोग गर्ने भएको छ । बैंकको कार्यकारी निर्देशकहरुको बैठकले शुक्रबार उक्त सहयोग स्वीकृत गरेको छ।

उक्त सहयोग नेपालको उच्च शिक्षाको गुणस्तर सुधार, अनलाइन शिक्षाको स्तर बढाउन र विपन्न एवं कमजोर विद्यार्थीहरूका लागि शैक्षिक संस्थाहरूमा पहुँच विस्तार गर्न उपलब्ध गराइएको हो।

उक्त सहयोगले गुणस्तरीय उच्च शिक्षामा पहुँच सुधार र विद्यार्थीहरूलाई श्रमबजारमा माग भएका सीपहरू प्राप्त गर्न मद्दत गर्ने माल्दिभ्स, नेपाल र श्रीलंकाका लागि विश्व बैंकका कन्ट्री निर्देशक फरिस हदद–जर्भोसले बताए ।

उच्च शिक्षासँग सम्बन्धि अघिल्ला परियोजनाहरुले राम्रो नतिजा दिएको उल्लेख गर्दै विश्व बैंकले यो सहयोगले पनि उच्च शिक्षा सुधारमा महत्त्वपूर्ण काम गर्ने विश्वास व्यक्त गरेको छ।

यसले नेपालको उच्च शिक्षालाई श्रम बजारको आवश्यकतासँग जोड्न र विशेषगरी अवसरबाट वञ्चित विद्यार्थीहरुका लागि उपयोगी बनाउन सहयोग पुग्ने बताइएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here