थप ३३८४ जनामा कोरोना संक्रमण पुष्टी, ६२९५ जना संक्रमण मुक्त

काठमाडौं, २९ जेठ । पछिल्लो २४ घण्टामा देशभर ३३८४ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८५०६ पीसीआर परीक्षणमा २३८२ जना र ५५९८८ एन्टिजेन परीक्षणमा १००२ जना गरी ३३८४ जनामा संक्रमण पुष्टि भएको हो ।

यो सहित नेपालमा कोरोना संक्रमितको संख्या ६ लाख ६ हजार ७७८ पुगेको छ । पछिल्लो २४ घण्टामा ६२९५ जना कोरोना मुक्त भएका छन् ।

यो सहित संक्रमण मुक्त हुनेको संख्या ५ लाख २७ हजार १११ जना पुगेको छ । भने देशभर संक्रिय संक्रमितको संख्या ७१ हजार ३०१ जना रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here