काठमाडौँ म्यारियट होटलद्धारा चक्र स्मृति पाठशालाका विद्यार्थीलाई राहत प्रदान

काठमाडौं, २९ जेठ । काठमाडौं म्यारियट होटलले चक्रस्मृति पाठशालाका विद्यार्थीहरुलाई खाद्यान्न सामाग्री र सरसफाईका सामानहरु वितरण गरेको छ ।

होटलले कतार हर रोयल हाइनेस शेख आश्मा अल थानी र किवानीस इन्टरनेशनल नेपालको संयुक्त सहयोगमा खाद्यान्न तथा सरसफाइका सामग्री वितरण हो ।

विश्व नै कोरोनाले आक्रान्त बनीरहेको अवस्थामा सहयोग स्वरुप सामग्री वितरण गरिएको होटलले जानकारी दिएको छ ।

म्यारियट इन्टरनेशनलले विभिन्न ३ सय ६० कार्यक्रमहरु म्यारियटकोे मार्गनिर्देशनको पालना गर्दै कामहरु गरिरहेको जानकारी दिएको छ ।

म्यारियटको २०२५ सस्टेनेबिलिटी एण्ड सोसियल इम्प्याक्ट गोल्सको दायरामा रहेर काठमाडौँ म्यारियट हाम्रो समुदायमा सकरात्मक र दिगो प्रभावको सिर्जना गर्न प्रतिबद्ध रहेको छ ।

जोरपाटीमा रहेको सो पाठशाला गैर–नाफामुखी संस्थले मजदुरुहरुको बालबालिकालाई निःशुल्क शिक्षा प्रदान गर्दै आइरहेको छ । यस संस्थाले हाल ५५ छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here