युरोकप: बेल्जियम र फिनल्यान्डको शानदार जित, वेल्स र स्वीट्जरल्याण्ड बराबरीमा

काठमाडौं, ३० जेठ । युरोकप २०२० समूह ‘बी’ अन्तर्गत शनिबार राति भएको खेलमा बेल्जियमले शानदार जित हात पारेको छ ।

समूह बी मा रहेको बेल्जियमले रुसलाई ३–० ले पराजित गरि प्रतियोगितामा शानदार सुरुवात गरेको हो ।

खेलको सुरुआती १० मिनेटमा नै रोमेलु लुकाकुले पहिलो गोल गर्दै बेल्जियमलाई अग्रता दिलाएका थिए । त्यस्तै, खेलको ३४ औँ मिनेटमा बेल्जियमका थोमस म्युनियरले गोल गर्दै अग्रता दोब्बर पारे ।

खेलको ८८ औँ मिनेटमा लुकाकुले बेल्जियमका लागि तेस्रो गोल गरेका थिए । उपाधिको दावेदार मानिएको बेल्जियमले रसियामाथि दबाब कायम गरेको थियो । खेल जितेसँगै बेल्जियमले ३ अंक पाएको छ ।

यस्तै डेनमार्कलाई हराउँदै फिनल्यान्डले जित हासील गरेको छ । फिनल्याण्डले डेनमार्कलाई १–० गोल अन्तरले पराजित गरेको हो ।

पहिलो हाफ गोलरहित बनेको खेलमा फिनल्यान्डका लागि जोयल फन्जापलोले ५९औँ मिनेटमा पहिलो गोल गरेका थिए । सोही गोल निर्णायक बन्यो ।

युरोकप २०२० को समूह ‘बि’ अन्तर्गतको पहिलो खेल जितेपछि फिनल्याण्डले ३ अंक पाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here