शेयरको कृत्रिम माग सिर्जना गर्ने व्यवस्था ‘एओएन’ सुविधा हट्यो

काठमाडौं, ३० जेठ । शेयर कारोबार ब्यबस्थापन प्रणाली (टिएमएस) मा रहेको ‘एओएन’ अल अर नन् (कि त सबै देऊ, नभए दिँदै नदेऊ) को अप्सन हटेको छ ।

नियामक निकाय नेपाल धितोपत्र बोर्डको निर्देशन अनुसार शेयर बजार सञ्चालक नेप्सेले जेठ ३० गते बाट खरिद आदेश तर्फको मात्रै उक्त सुविधा हटाएको हो ।

यो सुविधा हटेसँगै ट्रेड म्यानेजमेन्ट सिस्टमभित्रको एउटा कमजोरीको फाइदा उठाउँदै बजारमा तीव्र चलखेल गर्नेहरुको खेल अन्त्य भएको छ । बिक्री तर्फको नभई खरिदतर्फको मात्र हटाइएकोले यसले बजारमा खासै असर नपर्ने नेप्सेकाे दावी छ ।

नेपाल धितोपत्र बोर्डले एओएन अर्थात् ट्रेड म्यानेजमेन्ट सिस्टम (टीएमएस) मा भएको अल अर नन (एओएन) भनिने भन्ने अप्सन आइतबारदेखि बन्द गर्न नेपाल स्टक एक्सचेन्ज नेप्सेलाई निर्देशन दिएको थियो ।

नेप्सेले लगानीकर्तालाई टीएमएसबाट अल अर नन् (कि त सबै देऊ, नभए दिँदै नदेऊ) को सुविधा दिएको थियो । यो सुविधा प्रयोग गरेर लगानीकर्ताहरुले शेयरको कृत्रिम माग सिर्जना गर्ने गरेका जानाकारहरु बताउँछन् ।

यो सुबिधाले शेयर बजारमा एकैपटक ठूलो परिमाणमा खरिद अर्डर राखेर लगानीकर्तालाई भ्रममा पार्ने काम भएको गुनासो सुनिदै आएको थियो । यो सुविधा हटेसँगै अब भने ठूला लगानीकर्ताले पनि सर्वसाधारणले झै कारोबार गर्नुपर्नेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here