काठमाडौं महानगरमा स्थगित खोप अभियान पुन:सञ्चालन हुँदैं, यी हुन् खोप केन्द्र

काठमाडौं, ३० जेठ । काठमाडौं महानगरपालिकामा रोकिएको कोभिड–१९ विरुद्धको खोप अभियान सोमबारदेखि पुन सञ्चालनमा आउने भएको छ ।

काठमाडौं महानगरपालिकाले एक सूचना जारी गर्दै कोरोनाविरूद्ध चिनियाँ खोप भेरोसेल खोप अभियान सञ्चालन हुन लागेको जानाकारी गराएको हो ।

जेठ ३१ र असार १ गते ६० र ६१ वर्षको उमेर समूहलाई लगाइने खोल जनाएको छ ।

महानगरका अनुसार वीर अस्पताल, वीरेन्द्र सैनिक अस्पताल, त्रिवि शिक्षण अस्पताल र निजामती कर्मचारी अस्पतालमा खोप कार्यक्रम सञ्चालन गरिने छ।

खोप कार्यक्रम विहान १० देखि ४ बजेसम्म जारी रहने छ। खोप लिनका लागि अनिवार्य रूपमा नागरिकता वा अन्य सरकारी परिचयपत्र लिएर जानुपर्ने छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here