शेयर बजारमा १९ अर्ब ५५ करोडको कारोबार, धेरै कमाउनेमा ४८ कम्पनीका लगानीकर्ता

काठमाडौं, ३० जेठ । पछिल्लो समय लगातार दैनिक जस्तो नयाँ रेकर्ड बनाउँदै आएको शेयर बजारले आज फेरि नयाँ कीर्तिमान बनाएको छ ।

एकैदिन सर्वाधिक किनबेच र ऐतिहासिक बिन्दुको रेकर्ड बनेको हो । साताको पहिलोदिन नेप्सेले सर्वाधिक २९८३ विन्दु चुम्दै नयाँ कीर्तिमान बनाएको हो ।

नेप्सेले २९८३ विन्दु नाघेकोको यो इतिहासमै पहिलोपटक हो । यसअघि जेठ २५ गते नेप्सेले सर्वाधिक २९६० विन्दु चुमेको थियो ।एकैदिन साढे अर्ब ५५ करोड बढीको कारोबार भएको छ ।

यो हालसम्मै उच्च कारोबार हो । यस अघि २०७८ जेठ २३ गते आइतबार नेप्सेमा १७ अर्ब २७ करोड १७ लाख बराबरको करोबार भएको थियो ।

यसदिन नेप्से ३८.३२ अकले बढेर २९८३.११ विन्दुमा पुगेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आइतबार २१८ कम्पनीको १९ अर्ब ५५ करोड १ लाख ६६ हजार ६३६ रुपैयाँ बराबरको ३ करोड ७० लाख ७६ हजार ४३९ कित्ता शेयर किनबेच भएका छन् ।

१३ समूहको कारोबार भएकोमा ६ समूहको परिसूचक घट्दा बाँकी ७ समूहको परिसूचक बढेको छ । विकाश बैंक ८.२४ प्रतिशत, वित्त ७.१४ प्रतिशत जलविद्युत ६.१० प्रतिशत, होटल्स् तथा पर्यटन ४.७३ प्रतिशत र लगानी समूह २.३८ प्रतिशतले बढेको हो ।

बाँकि समूहको परिसूचक भने एक प्रतिशत भन्दा थोरैले घटबढ भएका छन् । आइतबारको समूहगत परिसूचकमध्य वित्त, विकाश बैंक र जलविद्युत समूहको परिसूचकमा उछाल देखिएको छ ।

उच्च अंकले बढेको बजारमा आज ४ दर्जन बढी कम्पनीको शेयर मूल्य पोजेटिभ सर्किट लेभलले बढेको छ । सर्किट लाग्नेमा अधिकांश फाइनान्स, होटलर हाइड्रोपार कम्पनी रहेका छन् ।

श्री इन्भेष्टमेन्ट, आइसीएफसी, समृद्धि फाइनान्स, कर्णाली विकास बैंक र सिन्धु विकास बैंकको शेयर मूल्य ठ्याक्कै १० प्रतिशतले बढेको छ ।

यसैगरी, रिलायन्स फाइनान्स, मितेरी डेभलपमेन्ट बैंक, हिमालयन पावर, पञ्चकन्या माइ, घलेम्दी, सीईडीबी, शिवश्री, नेशनल, जोशी हाइड्रोपावर, माउन्टेन इनर्जी, गुह्येश्वरी मर्चेन्ट, प्रोग्रेसिभ फाइनानस, तारागाउँ होटल, ओरेन्टल होटल, सोल्टी होटलका सेयरधनीले करिब १० प्रतिशत कमाएका छन् ।

यसैगरी, जानकी फाइनान्स, एचआइडीसीएल, ङादी ग्रुप, सेन्टर फाइनान्स, नेपाल फाइनान्स, बेस्ट फाइनान्स, पाँचथर पावर, आँखुखोला, छ्याङ्दी, युनियन, दिव्यश्वरी, रैराङ, लिबर्टी, हिमाल दोलखा हाइड्रोपावर, मल्टिप्रपोज फाइनान्स र ज्योति विकास बैंकको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ ।

यस्तै, आज नेपाल इन्स्योरेन्स कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । यस कम्पनीको शेयरमूल्य ४.१५ प्रतिशतले घटेर प्रतिकित्ता एक हजार ४० मा झरेको छ ।

त्यसैगरि, कारोबारको आधारमा आज सबैभन्दा बढी अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको कारोबार भएको छ । यस कम्पनीको ७२ करोड २९ लाख ७६ हजार २६७ रुपैयाँ बराबरको कारोबार भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here