उपत्यकाभित्र जारी निषेधाज्ञालाई निरन्तरता, होटेल रेष्टुरेष्टलाई ‘टेकअवे’को अनुमति

फाइलफोटो

काठमाडौं, ३० जेठ । काठमाडौं उपत्यकाभित्र जारी निषेधाज्ञा एक साता थप हुने भएको छ ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंमा उपत्यकाभित्रका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले थप एक साता निषेधाज्ञा गर्ने निर्णय गरेको हो।

उपत्यकाका काठमाडौं, ललितपुर र भक्तपुर जिल्लामा गत वैशाख १६ गतेदेखि निषेधाज्ञा लागू भएको थियो। निषेधाज्ञा लागू भएको डेढ महिना पछि पनि कोरोना संक्रमणको जोखिम कम नभइसकेकाले निषेधाज्ञालाई निरन्तरता दिन लागिएको जनाइएको छ ।

तर, यसपटक भने केहि क्षेत्रलाई खुकुलो पारिएको छ। पुस्तक पसल, हार्डवेयर पसल, अनलाइन डेलिभरी र होटेल रेष्टुरेष्टहरुले टेकअवे सेवा गर्न दिने भएको छ। त्यस्तै खाद्यान्नका पसल पनि बिहान ११ बजेसम्म खोल्न पाइने छ।

शैक्षिक सत्र सुरु हुने बेला भएकाले प्रशासनले पुस्तक पसल पनि खोल्न दिने निर्णय गरेको छ । जसअनुसार पुस्तक पसल बिहान ११ बजेसम्म खुल्नेछन् ।
अपरान्ह ४ बजेपछि हार्डवेयर पसल पनि खोल्ने निर्णय भएको छ ।

उक्त अवधिभर सभा, सम्मेलन, गोष्ठी, तालिम, सेमिनार, सिनेमा हल, डान्सबार, दोहोरी, नाचघर, क्लव, पार्टी प्यालेस, स्विमिङ पुल, शपिङ मल, मनोरञ्जनस्थल, सैलुन, ब्युटी पार्लर, हेल्थ क्लव, फुटसल, जिमखाना, समूहमा खेलिने खेलकूद, पुस्तकालय, सङ्ग्राहालय, चिडियाखाना, दर्शकसहितको खेलकूदका गतिविधि भने अझै खुल्ने छैन।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here