परिवार योजनाबारे जानाकारी अब ‘मेरी संगिनी’ एप मा

काठमाडौं, ३१ जेठ । अब अस्थाई तथा छोटो अवधिका परिवार योजनाबारे जानकारी मोबाइल एपबाट लिन सकिने भएको छ । सीआरएस कम्पनीले मेरो संगिनी नामक मोबाइल एप सुरु गरेसंगै यो सुविधा उपलब्ध हुने भएको हो ।

विशेषगरी सो एपबाट किशोर किशोरी तथा नवविवाहित जोडीहरुलाई उपयोगी हुने कम्पनीको दाबी छ। एपले छोटो अवधिका परिवार योजना तथा त्यसबाट पर्ने असरहरुका बारेमा जानकारी दिनेछ । साथै एपमा आफु नजिकैको क्लिनिक, औषधि पसल, संगिनी सेवा केन्द्र र त्यहाँ उपलब्ध सेवाबारे अवगत गराउने छ ।

परिवार कल्याण महाशाखाका निर्देशक डा तारानाथ पोख्रेलले परिवार योजनाका साधनहरुको पहुच बढाउन मोबाइलको भूमिका अत्यन्त महत्वपूर्ण रहेको र मेरी संगिनी एपले उपभोक्ताहरुलाई अस्थाई गर्वनिरोधक साधन बारे सुसुचित र छनौट गर्न सहयोग पुर्याउने बताए ।

त्यस्तै नेपाल सी आर एस कम्पनीका प्रबन्ध निर्देशक जिबलाल पोखरेलले मातृ मृत्युदर घटाउन परिवार योजनाको ठुलो भमिका रहेको र प्रयोगकर्ता माझ सहि र अद्यावधिक सूचनाको पहुच बढाउनमा संचार प्रविधिको ठुलो महत्व रहेको बताएका छन् ।

साथै यस एप मार्फत सेवा प्रयोगकर्तालाई सेवा प्रदायक संग सजिलै जोड्न सक्ने छ । साथै यसबाट सेवाग्राहीहरुलाई सेवाको पहुँच बढाई परिवार योजना सेवाको अपरिपुर्त माग घटाउन समेत मदत पुग्ने दाबी उनको छ ।

मेरी संगिनी एप,मेरी संगिनी एप, यु.एस.ए.आई.डिको आर्थिक एवं सप्स प्लसको प्राविधिक सहयोगमा तथा राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा संचार केन्द्रको समन्वयमा नेपाल सी आर एस कम्पनी द्वारा निर्माण गरिएको हो।

कम्पनीले सामाजिक बजारीकरणको सिध्हांत अनुसार बिगत चार दशक भन्दा अघिदेखि परिवार योजना, मातृ तथा बाल स्वास्थ्य र यौन रोगको रोकथामका साधनहरुको बिक्रि वितरण तथा व्यवहार परिबर्तन सम्बन्धि कार्यक्रम संचालन गर्दै आएको छ।

यस कम्पनीबाट वितरित परिवार योजनाका साधनहरु नेपालको ७७ ओटै जिल्लामा उपलब्ध छन् । नेपाल सी आर एस द्वारा वितरित गरिएका केहि प्रतिष्ठित ब्राण्ड ढाल, प्यान्थर, संगिनी तिन महिने सुइ , निलोकन व्हायिट, सुनौलो गुलाफ, नव जीवन तथा आकस्मिक गर्भ निरोधक चक्की ईकोन रहेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here