थप २९१८ जनामा कोरोना संक्रमण पुष्टी, ५१४७ जना संक्रमणमुक्त

काठमाडौं, ३१ जेठ । पछिल्लो २४ घण्टामा देशभर २९१८ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा ९४३८ जनाको पीसीआर २०४९ जनार ५३८१ जनाको एन्टीजेन परीक्षण गर्दा ८६९ जना गरि २९१८ जनामा संक्रमित पुष्टी, भएको हो ।

यो सहित नेपालमा कोरोना संक्रमितको संख्या ६ लाख १० हजार ५२१ पुगेको छ । पछिल्लो २४ घण्टामा ५१४७ जना संक्रमण मुक्त भएका छन् ।

यो सहित संक्रमण मुक्त हुनेको संख्या ५ लाख ३६ हजार २५२ पुगेको छ । संक्रिय संक्रमितको संख्या ६५ हजार ८०४ जना रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here