शोधनान्तर स्थिति ७ अर्ब ७५ करोड रुपैयाँ बचतमा

काठमाडौं, ३१ जेठ । शोधनान्तर स्थिति ७ अर्ब ७५ करोडले बचतमा रहेको छ ।

नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको १० महिनाको तथ्यांकको आधारमा प्रकाशित गरेको मुलुकको आर्थिक तथा वित्तीय अवस्थाको प्रतिवेदन अनुसार शोधनान्तर स्थिति ७ अर्ब ७५ करोडले बचतमा रहेको हो ।

अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति रु।१२० अर्ब ९० करोडले बचतमा रहेको थियो ।

अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा १ अर्ब १ करोडले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा ५ करोड ५४ लाखले बचतमा रहेको छ ।

समीक्षा अवधिमा चालु खाता रु.२४७ अर्ब ८ करोडले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता रु.९६ अर्ब १८ करोडले घाटामा रहेको थियो ।

अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ८६ करोड ५९ लाखले घाटामा रहेको चालु खाता समीक्षा अवधिमा २ अर्ब ११ करोडले घाटामा रहेको छ ।

अवधिमा पुँजीगत ट्रान्सफर ११.५ प्रतिशतले वृद्धि भई रु.१३ अर्ब ९२ करोड पुगेको छ भने खुद प्रत्यक्ष वैदेशिक लगानी १९.२ प्रतिशतले कमी आई रु.१४ अर्ब ८ करोड कायम भएको छ ।

अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर रु.१२ अर्ब ४८ करोड र खुद प्रत्यक्ष वैदेशिक लगानी रु.१७ अर्ब ४२करोड रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here