काठमाडौं, १ असार । ब्राजिलमा जारी कोपा अमेरिका फुटबलअन्तर्गत अर्जेन्टिना बराबरीमा रोकिएको छ। सोमबार बिहान भएको खेलमा अर्जेन्टिना चिलीसँग १- १ गोलको बराबरीमा रोकिएको हो ।
ओलम्पिक निल्टन सान्तोस स्टेडियममा एक गोलको अग्रता जोगाउन नसक्दा अर्जेन्टिनाले बराबरी खेलेको हो।
खेलको ३३औं मिनेटमा कप्तान लियोनल मेस्सीले फ्रिकिकमा गोल गर्दै अर्जेन्टिनालाई सुरुवाती अग्रता दिलाएका थिए। तर, खेलको ५८ औं मिनेटमा एडुवार्डो भेर्गासले गोल गर्दै चिलीलाई १- १ गोलको बराबरीमा फर्काए।
बराबरीसँगै समूह ‘ए’ मा रहेका दुबै टोलीले एक एक अंक बाँडेका छन्। अर्जेन्टिना समूहको शीर्ष स्थानमा छ भने चिली दोस्रो स्थानमा रहेको छ।
अब अर्जेन्टिना शनिबार बिहान उरुग्वेसँग खेल्ने छ । त्यस्तै चिली भने शनिबार बिहान बोलिभियासँग खेल्ने तालिका रहेको छ ।