गण्डकी प्रदेशमा ३० अर्ब ३ करोडको बजेट सार्वजनिक (पूर्ण पाठ)

काठमाडौं, १ असार । गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७८/०७९ का लागि ३० अर्ब ३ करोड ९४ लाख २७ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ ।

नवनियुक्त मुख्यमन्त्री कृष्णचन्द्र नेपालीले आर्थिक मामिलामन्त्रीको हैसियतले मंगलवार गण्डकी प्रदेश सभामा बजेट सार्वजनिक गरेका हुन् ।

सार्वजनिक बजेट चालू आवको भन्दा ४ अर्बले कमी हो । प्रतिशतका आधारमा चालूतर्फ ४३.५ प्रतिशत र पुँजीगततर्फ (५५.५ प्रतिशत) र वित्तीय व्यवस्थापनतर्फ (०.८ प्रतिशत) हुन आउँछ ।

सार्वजनिक बजेटमा चालूतर्फ १३ अर्ब ६ करोड ४७ लाख ९४ हजार छ भने पुँजीगततर्फ १६ अर्ब ७३ करोड ४६ लाख ३३ हजार तथा वित्तीय व्यवस्थापनतर्फ २४ करोड विनियोजन गरिएको छ ।

बजेटमध्ये नेपाल सरकारबाट वित्तीय समानीकरण अनुदान ७ अर्ब ४२ करोड २८ लाख, सशर्त अनुदान ४ अर्ब १८ करोड ४३ लाख, समपूरक अनुदान ८७ करोड ३६ लाख, विशेष अनुदान ५४ करोड ९० लाख रहेको छ ।

सवारी साधनको जाँचपास, बाटो इजाजत नवीकरण ६/६ महिनामा गर्ने व्यवस्थालाई १ वर्ष पुर्‍याइएको छ । कोभिड–१९ को निषेधाज्ञाका कारण तिर्नुपर्ने कर, दस्तुर तथा शुल्क तिर्न नपाई जरिवाना लाग्ने अवस्था भएमा निजी सवारीको हकमा निषेधाज्ञा हटेको र सार्वजनिक सवारीको हकमा यातायात सुचारु भएको ६० दिनभित्र तिर्न आएमा कुनै पनि जरिवाना नलाग्ने भएको छ ।

राजस्व बाँडफाँडबाट प्राप्त हुने ७ अर्ब ६२ करोड ७० लाख र रोयल्टीबाट ३० करोड एवं आन्तरिक ४ अर्ब ९७ करोड २७ लाख आन्तरिक आम्दानीबाट व्यहोर्दा ४ अर्ब १० करोड न्यून हुनेछ ।

पूर्णपाठ

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here