हंगेरीमाथि पोर्चुगलको शानदार जित, रोनाल्डोले बनाए तीन कीर्तिमान

काठमाडौं, २ असार । युरोकप अन्तर्गत पोर्चुगलले विजयी शुरुवात गरेको छ । मंगलबार सम्पन्न खेलमा पोर्चुगलले हंगेरीलाई ३-० गोल अन्तरले पराजित गरेको हो ।

पहिलो हाफ बिना कुनै गोल सकिएको खेलमा पोर्चुगलले खेलको अन्तिम समयमा तीन गोल गरेको हो । पोर्चुगलले खेलको ८४औ मिनेटमा, ८७औ र ९२औ मिनेटमा गोल गरेको हो ।

पोर्चुगलको जितमा क्रिस्टियानो रोनाल्डोले २ गोल गरे भने राफेल गुएरेइरोले एक गोल गरेका हुन् ।

रोनाल्डो त्यो गोलसँगै युरोपियन फुटबल च्याम्पियनसिपकै सर्वकालिन सर्वाधिक गोलकर्ता बने । त्यो गोल अगाडिसम्म यो कीर्तिमान रोनाल्डो र फ्रेन्च लिजेन्ड माइकल प्लाटिनीको संयुक्त नाममा थियो ।

सन् १९८४ मा फ्रान्समा भएको युरोको एकै संस्करणमा ९ गोल ठोकेका प्लाटिनीको कीर्तिमानसँग रोनाल्डोले २०१६ मा बराबरी गरेका थिए । पोर्चुगलको जितमा दुई गोल गरेका क्रिस्टियानो रोनाल्डोले युरोपियन फुटबल च्याम्पियनसिप (युरो) को इतिहासमा दुई अद्भूत कीर्तिमान बनाए ।

सन् २००४ मा घरेलु मैदानमा भएको युरोबाट प्रतियोगितामा डेब्यु गरेका रोनाल्डो युरोपियन च्याम्पियनसिपको पाँच संस्करणसम्म खेल्ने पहिलो खेलाडी बनेका छन् । हंगेरीविरुद्को खेलमा गोल गरेसँगै रोनाल्डो युरोको लगातार पाँच संस्करणमा गोल गर्ने पहिलो खेलाडी बनेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here