वर्षा र बाढीबारे थाहा पाउन र उद्धारका लागि यी नम्बरमा फोन गर्नुस्

काठमाडौं, २ असार । मनसुन सुरु भएसँगै बाढी पहिरोका घटना बढ्न थालेका छन् । बाढी पहिरोका घटना शुरुभएसँगै राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले वर्षा र बाढीबारे जानकारी लिन सम्पर्क नम्बर उपलब्ध गराएको छ ।

उद्धारका लागि मद्दत माग्न पनि नम्बर उपलब्ध गराइएको छ ।

गृह मन्त्रालयअन्तर्गतको प्राधिकरणका अनुसार देशका विभिन्न क्षेत्रको वर्षा र बाढीबारे थाहा पाउन ११५५ नम्बरमा सम्पर्क गर्न सकिनेछ ।

यस्तै, विपद्मा परेकाले उद्धारका लागि मद्दत माग ११४९ नम्बरमा सम्पर्क गर्न सकिने प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका अनुसार पहिलेका वर्षहरुमा बाढीको मात्र पूर्वानुमान गर्ने गरिएकोमा यस वर्षदेखि पहिरोको पनि पूर्वानुमान गर्न सकिने सूचना प्रणाली विकास गरिएको छ । पहिरोको अति जोखिम रहेका नौ जिल्लामा यो प्रणाली विकास गरिएको पनि प्राधिकरणले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here