शेयर बजारमा पहिरो, ३५ कम्पनीको मूल्यमा नेगेटिभ सर्किट

काठमाडौं, २ जेठ । बुधबार शेयर कारोबारमा धितोपत्र बोर्डको विज्ञप्तीको असर देखिएको छ। बोर्डले जोखिम भनेर व्याख्या गरेका सबैजसो कम्पनीको मूल्यमा उच्च गिरावट आएको छ।

चौंथोदिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) एकघण्टा २:१५ बजे सम्ममा ७८.७ अंकले घटेको छ । यो सँगै परिसूचक २९४४ को बिन्दुमा पुगेको छ ।

बुधबार कारोबारमा आएका २१७ कम्पनीको २ करोड २३ लाख १० हजार २६८ कित्ता शेयर १ लाख ३२ हजार ६४० पटक खरिद बिक्री हुदाँ १२ अर्ब ४४ करोड ४९लाख ६८ हजार ५५ रुपैंया बराबरको कारोबार भएको छ ।

कारोबारमा आएको ३५ वटा कम्पनीको शेयर मूल्य नेगेटिभ सर्किट लेभलले घटेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here